56
Shares
काठमाडौं । निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले विदाइ हुने क्रममा निराश नभएको बताएका छन् । । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै मन्त्रालयमा आउँदा धेरै खुसी थिइन र विदाइमा पनि निराश नभएको उनले बताएका हुन् ।
आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताएका छन् । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उहाँले भने, “मेरो छ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि कैयन उपलब्ध भने भएका छन् ।’
उनले कार्यकालमा आधारभूत अस्पताल निर्माणलाई तीव्रता दिएको तथा कोरोना महामारीविरुद्धको खोप लगाउने कार्यमा सफलता मिलेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले समेत प्रशंसा गरेको बताएका छन् ।