प्रधानमन्त्रीसहित सत्ता गठबन्धनको छलफल,माधवकुमार नेपाल जाँदै

प्रधानमन्त्रीसहित सत्ता गठबन्धनको छलफल,माधवकुमार नेपाल जाँदै

काठमाडौं / नयाँ सत्ता समीकरण बनेपछि सत्ता गठबन्धनको शीर्ष नेताबीच आज पनि छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नातेदारको रहेको ललितपुरको एक सिटी स्केप अपार्टमेन्टमा छलफल जारी रहेको छ।

बैठकमा रास्वपाका अध्यक्ष एवम् गृहमन्त्री रवी लामिछानेसमेत सहभागी रहेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेत बैठकमा सहभागी हुन आउने एक नेताले जानकारी दिए। बैठकमा छलफल गर्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेत जाँदैछन्।

पार्टी विभाजनपछि पहिलोपटक प्रधानमन्त्रीको शपथग्रहण समारोहमा शीतल निवास पुगेका ओली–नेपालबीच संवाद भएको थियो।

Reporter