आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते

आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुई घाइते
काठमाडौँ  /  प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ ।
बुधबार बिहान क्याम्पसमा विद्यार्थीहरुबीच झडप भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार झडपमा परेर दुईजना घाइते भएका छन् ।
घाइतेको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । के विषयमा झगडा भएको स्पष्ट नभए पनि विद्यार्थीकै गुटको झगडा हुनसक्ने क्याम्पस बताएको छ । क्याम्पसको अनुसा प्रहरीले चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Reporter