प्रधानमन्त्री प्रचण्डले भेटे माधव नेपाल र उपेन्द्र यादव

52 Shares

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गरेका छन् ।

नेपालसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन अनुरोध गरेको उनको सचिवालयले जनाएको छ । यसैबीच प्रधानमन्त्री प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरेका छन् । भेटमा सरकारमा सहभागिताका विषयमा छलफल भएको जनाइएको छ ।

जसपा अध्यक्ष यादवले पार्टी संसदीय दलको नेता चयनपछि सरकारमा सहभागिताका बारेमा निर्णय गरिने जवाफ दिएका छन् ।

सम्बन्धित समाचार

सबै