बिहिबार घट्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

काठमाडौं । बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । बुधबार १ लाख ११ सयमा कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु २ सयले घटेर प्रतितोला रु एक १ लाख ९ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १लाख ४ सय छ । यसको मूल्य अघिल्लो दिन रू १ लाख ६ सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा २० रुपैयाँले घटेर प्रतितोला रु १ हजार ३ सय ८० कायम रहेकोे महासङ्घले जनाएको छ ।

Reporter