सन्दीप लाछिानेको मुद्दाको सुनुवाइ पाँचौँ नम्बरमा

सन्दीप लाछिानेको मुद्दाको सुनुवाइ पाँचौँ नम्बरमा

काठमाडौं /  आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले दिएको पुनरावेदनमा सुनुवाइ हुँदै छ । काठमाडौं जिल्ला अदालतले दिएको आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदनमाथि बिहीबार सुनुवाइ हुँदै छ ।

बिहीबार उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासको पाँचौँ नम्बरमा सुनुवाइ तोकिएको छ ।आफूलाई थुनामा पठाउने आदेश बेरित रहेको भन्दै बदरको माग राखेर सन्दीपले पुनरावेदन दिएका हुन् । सुनुवाइपछि इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्ने वा पुर्पक्षका लागि धरौटी रिहा गर्ने भन्ने आदेश गर्नेछ ।

यसअिघ सन्दीप र सरकारी वकिल दुवै पक्षबाट बहस हुनेछ । बहस सकिएपछि इजलासले आदेश दिनेछ ।

Reporter