कम्बोडियाको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३० व्यक्ति घाइते

कम्बोडियाको एक होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३० व्यक्ति घाइते

थाइल्याण्ड । थाइल्याण्डको सीमामा रहेको कम्बोडियाको एक होटल क्यासिनोमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । कम्बोडियाली प्रहरीले पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनो होटलमा स्थानीय समयअनुसार राति  ११ः३०  बजे आगलागी भएको थियो ।

एएफपीलाई प्राप्त प्रहरी रिपोर्टमा ‘करिब १० जनाको मृत्यु भएको र ३० जना घाइते भएको’ उल्लेख गरिएको छ । अनलाइनमा शेयर गरिएको भिडियो फुटेजमा विशाल कम्प्लेक्समा आगो लागेको देखिएको छ र केही क्लिपहरूमा मानिसहरू जलिरहेको भवनबाट हामफालेको देखिन्छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागीको समयमा क्यासिनोभित्र विदेशी नागरिक थिए ।

Reporter