कांग्रेस प्रदेश-१ संसदीय दलको नेतामा थापा

कांग्रेस प्रदेश-१ संसदीय दलको नेतामा थापा

विराटनगर, १५ पुस । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा विजयी भएका छन् । शुक्रबार बिहान सम्पन्न निर्वाचनमा थापा १८  मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी  केदार कार्कीले ९ र अमृत अर्यालले जम्मा दुई मत पाए ।  सिटौला समुह भनिएका थापालाई देउवा समुहले  समर्थन गरेको बुझिएको छ । देउवा समुहको बलियो नेता मानिएका अर्यालले लज्जास्पद मत पाउनुले केन्द्रिय नेतृत्व बाट थापालाईनै समर्थन रहेको देखिएको हो । थापा नेपाली काङ्ग्रेस प्रदेश १ सभापति समेत हुन्

संस्थापनइतर समुहबाट उम्मेदवारी दिएका कार्की  यसअघिका प्रमुख सचेतक हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्की संसदीय दलको नेता बन्ने तयारीमा थिए । प्रदेश १ मा काङ्ग्रेसबाट प्रत्यक्ष र समानुपातिक गरि २९ जना प्रदेश सभा सदस्य छन् ।

nepal one