कम्बोडियाको एक होटलमा आगलागी हुँदा नेपालीसहित १९ जनाको मृत्यु

कम्बोडियाको एक होटलमा आगलागी हुँदा नेपालीसहित  १९ जनाको मृत्यु

काठमाडौं । उत्तरी कम्बोडियाको ब्यान्टी मेनाची प्रान्तमा रहेको एक होटलमा आगलागी हुँदा १९ को मृत्यु भएको छ । सुरक्षा अधिकारीका अनुसार जलेर ज्यान जानेमा होटलका कर्मचारी र केही पाहुनाको मृत्यु भएको हो ।

२३ जना जलेर गम्भीर रुपमा घाइते भएका र अरु ५० जना सामान्य घाइते रहेका छन् । होटलको भवनमा आगो लागेपछि निभाउने प्रयास भएको तर आगोको लप्काले मानिसहरुलाई लागेपछि उनीहरुको जलेर मृत्यु भएको बताइएको छ ।

सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले आगो लागेको होटलमा हराइरहेका केही व्यक्तिको खोजीमा प्रहरी लागेको तर उनीहरु कुनै कोठामा निसास्सिएर रहेको हुनसक्ने बताएको छ ।

Reporter