बाइडेन, म्याक्रोन र जर्मन चान्सलर स्कोल्जलाइ नयाँ वर्षको शुभकामना दिने छैनन् पुटिनले

बाइडेन, म्याक्रोन र जर्मन चान्सलर स्कोल्जलाइ नयाँ वर्षको शुभकामना दिने छैनन् पुटिनले

एजेन्सी – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति जो बाइडेन, फ्रान्सका इमानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जलाई अंग्रजेी नयाँ वर्षको शुभकामना नदिने भएका छन् । रुसी प्रशासन क्रेमलिनले उक्त जानकारी दिएको हो ।  विश्व नयाँ वर्षको घण्टी बजाउन तयारी गरिरहेको बेला पुटिनले टर्की, सिरिया, भेनेजुएला र चीनलगायत क्रेमलिन–मैत्री देशका नेताहरूलाई बधाई सन्देश पठाएका छन् ।

तर, पुटिनले युक्रेनमा पुटिनको आक्रमणलाई लिएर मस्कोमाथि अभूतपूर्व प्रतिबन्ध लगाएका संयुक्त राज्य अमेरिका, फ्रान्स र जर्मनीका नेताहरूलाई नयाँ वर्षको शुभकामना दिने छैनन् । ‘हामीसँग हाल उनीहरूसँग कुनै सम्पर्क छैन’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने ।पुटिनले २४ फेब्रुवरीमा युक्रेनमाथि रुसी हमला सुरु गरेका थिए ।

nepal one