झापामा दुर्गा प्रसाई क्रेज, सेल्फी खिच्ने देखि टिकटक बनाउन सम्मको भिड (तस्वीरसहित)

झापामा दुर्गा प्रसाई क्रेज, सेल्फी खिच्ने देखि टिकटक बनाउन सम्मको भिड (तस्वीरसहित)

झापा । नेकपा एमाले केन्द्रिय सदस्य तथा उद्योगी ब्यवसायी दुर्गा प्रसाई विभिन्न कारणले चर्चामा आइरहने ब्यक्ति हुन्, पछिल्लो समय नेकपा एमालेमा केपि ओलि निकट रहि राजनितिमा सक्रिय रहेका प्रसाई कहिले ओलि प्रचण्डको मध्यस्तकार्ताको भुमिकाका कारण चर्चामा रहे, कहिले वि एण्ड सी मेडिकल कलेजका कारण चर्चामा रहे । प्रसाईले कार्यक्रममा बोलेका भाषण देखि प्रयोग गर्ने गाडि सम्मको चर्चा चलिरहन्छ ।

देश भरिनै चर्चित प्रसाई झापामा लोकप्रिय नहुने कुरै भएन, उनि झापामा कति सम्म लोकप्रिय छन् भन्ने कुरा हालै चैत्र ९ गते सोमबारको दृष्यले समेत पुष्टी गर्दछ । बि एण्डी सी अस्पताल द्धारा आयोजित निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमका प्रमुख अतिथि थिए दुर्गा प्रसाई, उनका सर्मथक युवाहरुले बि एण्डी सी अस्पताल देखि कार्यक्रम स्थाल सम्मै बाईक र्यालि सहित पुर्याएका थिए । अ‍ैपचारकि कार्यक्रम सकिएर स्टेजबाट झर्दा देखिनै उनका समर्थकहरु उनि संग तस्वीर खिच्नको लागि तछाड मछाड गर्दै थिय, उनका सुरक्षामा खटिएकाहरुलाई समेत भिड नियत्रण गर्न हम्मे हम्मे परेको थियो । युवाहरु मात्र नभई महिला, बृद्धबृद्धा, बिद्यार्थिहरु समेत उनि संग सेल्फी खिच्ने देखि टिकटक बनाउन सम्म तछाड मछाड गर्दै थिए ।

देशभर ब्यवसायी भनेर चिनियपनि झापामा भने उनको पहिचान सामजसेविका रुपमा चर्चित रहेछ । सामाजिक कार्यमा निकै अग्रसर रहने गरेका प्रसाई झापा बासीले सुख, दुःखमा सम्झीने नाम बनिसकेका रहेछन् । मठ मन्दिर, विद्यालय निर्माण लगायतका कार्यमा सहयोग गर्दै आएका प्रसाईले हालै मात्र केचनकवलमा २ सय वटा कल मुस्लीम परिवारलाई निर्माण गरिदिएका छन् । मुस्लीम महिलाहरुलाई पानिका कारण निकै समस्य भईरहेको जानकारी पाउना साथा स्थलगत अनुगमन गरी तत्काल कल निर्माण गरी समस्याको समाधान गरिदिएका थिए । प्रसाईको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतमात्र ५५ सय परिवारलाई हालसम्म विमा कार्य भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त बीमा कार्यक्रममा आर्थिक अभावकै कारण आबद्ध हुन नसकेका अतिगरिब परिवारलाई कार्यक्रममा आबद्ध हुन लाग्ने प्रति परिवार शुल्क रु तीन हजार ५०० अस्पतालले सहयोग गरिदिएको हो ।

nepalone