एमालेका अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

एमालेका अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गृहमन्त्री रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ  ।

ओली निवास बालकोटमा आज बिहान भएको भेटमा उहाँहरुबीच समसामयिक विषयमा छलफल भएको बालकोट स्त्रोतले जनाएको छ । सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीतिबारे छलफल भएकाे स्त्राेतले बतायाे ।

उपप्रधानमन्त्रीसमेत रहनुभएका लामिछानेले अध्यक्ष ओलीसँग भेट गर्नुअघि प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गर्नुर्भएको थियो ।

Reporter