गृह मन्त्रालय गर्यो राहदानी वितरण सहज बनाउन विज्ञ टोली गठन

गृह मन्त्रालय गर्यो राहदानी वितरण सहज बनाउन विज्ञ टोली गठन

काठमाडौं । गृह मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन विज्ञ टोली गठन गरेको छ ।

टोलीले बुझाउने अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधान गरिने मन्त्रालयले जनाएको छ । यस विषयमा गृहकन्त्री रवि लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल पनि गरेका थिए । सो क्रममा लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्ने बारेमा संक्षिप्त रिपोर्ट पेस गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Reporter