विराटनगरबाट तस्करीका सामान बरामद, ३ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१८ खोक्साहाबाट प्रहरीले सुन राख्ने बट्टा तस्करीमा संलग्नलाई पक्राउ गरेको छ । बट्टा तस्करीमा संलग्न विराटनगर–१७ का ३० वर्षीय मस्जित आलम, २० वर्षीय मोहमद अरवाज र विराटनगर–१८ का २१ वर्षीय रहमद मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट बोरामा प्याक गरेर ल्याउँदै गरेको सुन राख्ने खाली बट्टासहित उनीहरुलाई अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार विभिन्न आकारका ९ सय ७२ वटा सुन राख्ने खाली बट्टा बरामद भएको छ । बरामद गरिएको बट्टा १ लाख ६२ हजार मूल्य बराबरको रहेको उनले बताए ।

Reporter