माओवादी वागमती संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन

माओवादी वागमती संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन

काठमाडौं / नेकपा (माओवादी केन्द्र) को वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन हुनुभएको छ ।

शनिबार काठमाडौंको एक पाटी प्यालेसमा भएको बैठकले जमरकट्टेलको नाम सर्वसम्मत चयन गरेकाे हो ।

दलको नेतामा प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेल,युवराज दुलाललायतको दाबी रहँदै आएको थियो । पार्टीका नेताहरुसहितको बैठकले हलमा प्रस्तुत गरेको नाम सर्वसम्मत पारित भएको एक नेताले बताउनुभयो । शालिकराम यसअघि पनि दलको नेता हुनुहुन्थ्यो ।

Reporter