‘आफूले गरेको राम्रो कामको प्रचार नगरेर दुख पायौँ ‘ : प्रधानमन्त्री दाहाल

‘आफूले गरेको राम्रो कामको प्रचार नगरेर दुख पायौँ ‘ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने रहेको बताएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका नेता तथा कार्यकर्तासँगको भेटघाटमा उनले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी रहेको बताएका हुन् ।

उनले आफूले गरेको राम्रो कामको प्रचार नगरेर दुख पाएको बताएका छन् । मध्यपहाडी लोकमार्गदेखि उत्तर–दक्षिण कोरिडोर आफु पहिलो पटक प्रधानमन्त्री भएपछि गरेका प्रस्तावित परियोजना भएको उनले बताए ।

अहिलेको परिवर्तनका लागि मुख्य भूमिका खेलेको र उज्यालो नेपालजस्ता विकास कार्यक्रममा माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको उनको भनाइ छ ।

Reporter