प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन (फोटो फिचर)

पोखरा । पोखरा । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । आइतवार यहाँ आयोजित भव्य कार्यक्रमकाबीच प्रचण्डले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् ।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँबाट पोखरा पुगेका हुन् । उनका साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि पोखरा पुगेका हुन् ।

अहिले उद्घाटन समारोह चलिरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने भएकाले आइतबार पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ

Reporter