आइतबार १७.२४ अंकले बढ्याे नेप्से परिसूचक, ४ अर्ब अर्बभन्दा बढीको कारोबार

काठमाडौं । आइतबार नेप्से परिसूचक १७.२४ अंकले बढेको छ । शुक्रबारको तुलनामा १७.२४ अंकले बढेर २०४६.२४ विन्‍दुमा पुगेको हो ।

पछिल्लो समय नेप्से परिसूचक उकालो लागेसँगै सेयर कारोबार पनि बढ्दै गएको छ । यसदिन २६१ कम्पनीको १ करोड ८ लाख ८० हजार ९०४ कम्पनीको ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँको कारोबार भएको छ । पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । सिर्जनशील लघुवित्त वित्तीय,खप्तड लघुवित्त वित्तीय,धवलागिरि लघुवित्त वित्तीय,अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आइतबार सबैभन्दा धेरै कारोबार नविल बैंकको भएको छ जस्को २२ करोड ५७ लाख मूल्य बराबरको सेयर कारोबार भयो । यस्तै नेपाल दूरसंचार कम्पनी १९ करोड बढि मूल्यको कारोबार गरी दोस्रो स्थानमा रहेका छ ।

nepal one