खेलकुदको माध्यमबाट देशलाई चिनाउने बेला आयो : रमेश सिलवाल

खेलकुदको माध्यमबाट देशलाई चिनाउने बेला आयो : रमेश सिलवाल

काठमाडौं / राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव रमेश सिलवालले खेलकुद गतिविधिलाई कसरि जिवनको अंग बनाउने भने बारे देशले सोच्नुपर्ने बेला आएको बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवशमा उनले पेशागत रुपमा गोग्य खेलाडी कसरि उल्पादन गर्ने भन्नेमा जोड दिदै यस्तो बताएका हुन् ।

खेलकुदको माध्यमबाट देशलाई कसरि चिनाउने भन्ने दायित्व आफ्नो काधमा आएका उनको भनाई थियो । खेल क्षेत्रमा योग्दान दिने व्यक्तिले खेल क्षेत्रबाट जिवन यात्रा निर्वाह गर्ने सक्ने बतावरण शिर्जना गर्ने आजको चुनौती रहेको बताएका छन् । देश ठुलो र सानो भन्दा पनि देशले खेल क्षेत्रमा के योग्दान गर्यो भन्ने कुरा ठुलो रहने उनको विचार थियो ।

उक्त कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै खेलकुदमा जस्तै राजनीतिमा पनि फउल खेल्न नहुने बताएका छन् । ओलीले राम्रो खेलाडीले कहिल्यै फउल नखेल्ने बताए । राम्रो खेलाडीले गोल गर्छ, पोस्टमा हान्छ नराम्रो खेलाडीले अरुको खुट्टामा हान्छ । खुट्टामा हान्ने सफल हुँदैन, पोस्टमा हन्ने सफल हुन्छ’ उनले भने ।

समाजको कुनै पनि क्षेत्र अनुशासनमा चलेन भने सफल नहुने ओलीले बताए ।

Reporter