नेपाली जनता प्रजातन्त्र विना बाँच्न सक्दैनन् – डा कोइराला

नेपाली जनता प्रजातन्त्र विना बाँच्न सक्दैनन् – डा कोइराला

मोरङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली जनता प्रजातन्त्र विना बाँच्न नसक्ने हुनाले पार्टीले यसको संरक्षण र जोगाउने कार्यमा सदैव तयार रहनुपर्ने बताएका छन् । विपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आज यहाँ आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक संगोष्ठीमा उनले यस्तो बताएका हुन् ।

उनले नेतृत्वलाई महामन्त्रीहरूले नीति अधिवेशन गर्न वक्तव्यमार्फत माग गर्ने होइन गराउनेतर्फ पहल सुरु गर्नुपर्ने धारणा राखे ।उनले भोलिको नेपाल बनाउने युवापुस्ता भएकाले उनीहरूलाई राष्ट्र, राष्ट्रियता र समाजवादका साथै विपी, गणेशमानलगायतका नेताबारे जानकारी गराउन विद्यालयस्तरमा अन्तरक्रिया गर्न आग्रह गरे ।

nepal one