अर्थतन्त्रलाई लयमा फर्काउने छौं – अर्थमन्त्री पौडेल

अर्थतन्त्रलाई लयमा फर्काउने छौं – अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भ्रष्टाचारको डंगुरलाई सफा गर्दै समाजवादको यात्रामा अघि बढ्ने बताएका छन् । आइतबार पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कार्यक्रममा एमालेका नेता समेत रहेका पौडेलले यस्तो बताएका हुन् ।

उनले राजनीतिक स्थायित्व, सुशासन र विकासमा एकजुट रहेको र यसमा कसैले रोकन नसक्ने बताए । ‘अर्थतन्त्रमा समस्या छन्, तर समाधान काबु बाहिर छैन,’ उनले भने, ‘अर्थतन्त्रलाई लयमा फर्काउने छौं ।’ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण समय सञ्चालनका लागि सहयोग गर्ने वचनबद्दता ब्यक्त गरे ।

nepal one