सोमबार बढ्यो नेप्से परिसूचक, तीन अर्ब भन्दाबढिको कारोबार

काठमाडौं  ।  सोमबार नेप्से परिसूचक बढेको छ । पछिल्लो दुई कारोबार दिनदेखि उकालो लागेको नेप्से परिसूचक १७.५६ अंक बढेर २०६३.८३ विन्दुमा पुगेको हो ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २५३ स्टकको ४८ हजार ५०३ पटकको कारोबारमा २ अर्ब ९६ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको ८२ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

सोमबार ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

Reporter