जस्तोसुकै अवस्थामा पनि थप व्यावसायिक एवं कर्तव्यनिष्ठ भएर काम गर्न महानिरीक्षक सिंहको निर्देशन

जस्तोसुकै अवस्थामा पनि थप व्यावसायिक एवं कर्तव्यनिष्ठ भएर काम गर्न महानिरीक्षक सिंहको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जस्तोसुकै अवस्थामा पनि थप व्यावसायिक एवं कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन निर्देशन दिएका छन् ।

सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित ‘काठमाडौँ उपत्यका प्रहरी तथा प्रदेश प्रहरी प्रमुखसँगको प्रदेशस्तरीय शान्ति सु–व्यवस्थासम्बन्धी अर्धवार्षिक समीक्षा बैठक’ मा उनले सो कुरा गरेका हुन् । उनले सार्वजनिक सुरक्षा अमनचैन कायम गर्न र सङ्गठनको उद्देश्य प्राप्तिका लागि विषम परिस्थितिमा संयमित भई कार्य गर्ने व्यावसायिक र बहादुर प्रहरी कर्मचारीको सङ्गठनमा सधैँ खाँचो रहने बताए ।

उनले प्रहरी कर्मचारीमा व्यावसायिकता ल्याउन उनीहरूको मनोबल सदैव उच्च रहनुपर्ने भएकाले आफू मातहत कर्मचारीको अवस्था, समस्या, गुनासोको उचित सम्बोधन गर्न प्रहरी कार्यालयका प्रमुखहरूको दायित्व रहने बताए ।

nepal one