पोलिटब्युरो बैठकमा सचिव रामकुमारी झाँक्री र मुकुन्द न्यौपानेमाथि कारबाहीको माग

19 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भोट नहाल्ने केन्द्रीय सदस्यहरूको छानबिन गरेको छ । सोमबारदेखि सुरू भएको पोलिटब्युरो बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू नै भोट हाल्न नगएको विषय उठेपछि भोट नहाल्ने सदस्यहरूको छानबिन सुरु भएको हो ।

१७ हजार मत नपुगेर राष्ट्रिय पार्टी बन्न नसक्दा केन्द्रीय सदस्यहरू नै भोट हाल्न नगएको विषय छानबिनको दायरामा आएको बताइएको छ । निर्वाचन क्षेत्रमा नखट्ने र भोट नहाल्ने केन्द्रीय सदस्यहरूको संख्या १२० भन्दा माथि हुनसक्ने पोलिटब्युरो सदस्य दीलु पन्तले जनाकारी दिएका छन् ।

जारी बैठकमा स्थायी कमिटीका वरिष्ठ नेता मुकुन्द न्यौपाने र पार्टी सचिव रामकुमारी झाँक्रीमाथि कारबाहीको मागसमेत भएको छ । उनीहरूमाथि एमाले र माओवादीको पैरवी गरेको र आफ्नै पार्टी अध्यक्षको बद्ख्वाइँ गरेको आरोप पोलिटब्युरो सदस्यहरूले लगाएका छन् ।

झाँक्रीले हालै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर दिएको टिभी अन्तर्वार्ताको प्रसंगसमेत निस्किएको बैठकका सहभागीले बताए ।

सम्बन्धित समाचार

सबै