राहदानी वितरण कार्य अनिश्चितकालका लागि स्थगित, यस्तो छ कारण !

राहदानी वितरण कार्य अनिश्चितकालका लागि स्थगित, यस्तो छ कारण !

काठमाडौं । राहदानी वितरण कार्य अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार राहदानी विभागले एक सूचना जारी गर्दै अर्को सूचना जारी नहुदाँसम्मको लागि राहदानी वितरण कार्य बन्द रहने जानकारी गरेको हो ।

नियमित रूपमा आवेदनका लागि समय बुक गरेका सेवाग्राहीले बुक गरेको मितिमा बायोमेट्रिकका लागि भने विभागमा उपस्थित हुन विभागले अनुरोध गरिएको छ ।

आइतबारदेखि राहदानी विभागको सिस्टममा समस्या आएर राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी तिवरण कार्य अवरुद्ध भएकाले वितरण कार्य स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ । विभागले यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र प्रणाली पूर्णरूपमा सुचारु हुन केही समय लाग्ने बताएको छ ।

विभागले असुविधाप्रति सेवाग्राहीसँग माफी मागेको छ । राहदानी लिन लागि विभागमा नआउन अनुरोध गरेको छ ।

Reporter