
हत्कडी लगाउने डरले इलाम भागे घिमिरे !
काठमाडौं । सामाजिक संजाल मार्फत अर्कालाई गाली बेइजती गरेको आरोपमा झापाका पुजन घिमिरेलाई कारबाहीको लागि प्रेस काउन्शिल नेपालले प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरेको छ ।
पटक पटक बार्गेनिङ र सार्वजनिक गाली बेजतीमा उत्रिएका पत्रकार घिमिरेसँग काउनिशिले पटक पटक स्पष्टिकरण सोध पनि घिमिरेको जवाफ चित्त बुझ्दो नआएपछि कार्वाहीका लागि साईबर ब्युरोको सहयोग मागेको हो ।
घिमिरले फेसकुबकमार्फत आफ्नो इज्जत, प्रतिष्ठा एवं सम्मानमा आँच आउने किसिमका गतिविधि गरेको भन्दै झापाका व्यवसायी एवं समाजसेवी दुर्गाप्रसाद प्रसाईले प्रेस काउन्शिलमा उजुरी दिनुभएको थियो ।
उजुरी पछि काउनिशलले गरेको अनुगमनमा घिमिरेले पत्रकार आचारसंहिता प्रतिकुल देखिने गतिविधि गरेको र उक्त काम पेशागत मर्यादा विपरित भएको भन्दै पटक पटक स्पष्टिकरण सोधेको थियो ।
काउन्शिलले यस्ता क्रियाकलापबाट अन्य कानून समेत आकर्षित हुनेसक्ने देखिएको भन्दै घिमिरेसँग के कति कारणले आफ्नो काम ठीक हो भनी जवाफ मागेको थियो ।
पेशागत मर्यादाभित्र रहेर काम नगरेका घिमिरेमाथि काउनिशिलले सोधेको जवाफमा घिमिरे उल्टै काउन्सिल विरुद्घ नकारात्मक प्रभाव पार्ने स्ट्याटस र गाली बेइजतीमा उत्रिएका थिए । उनले सामाजिक संजाललाई पत्रकारितामा नजोड्न भन्दै समाजिक संजाल मार्फत जे पनि गर्न पाइने आशयको जवाफ पठाएपछि काउन्शिलले उनी आवद्घ संस्था र उनले नेपाल सरकारबाट प्रेस प्रतिनीधि पास लिए नलिएको विषयमा सूचना विभागसँग विवरण माग गरेको थियो ।
घिमिरेले सूचना विभागबाट पत्रकारको परिचय पत्र नलिएको देखेसँगै काउन्शिलले उनीमाथि कारबाहीको माग गर्दै नेपाल प्रहरीको साइबर व्युरोलाई पत्र पठाएको हो ।
त्यसोत घिमिरेको समाचार झुटो प्रमाणित भएपछि उनले १० वर्षभन्दा बढि समयदेखि काम गर्दै आएको टेलिभिजन च्यानल सगरमाथा टेलिभिजनले समेत उनलाई केही हप्ताअघिदेखि जागिरबाट निकालिसकेको छ ।
जागिरबाट निकालिपछि घिमिरे समाजिक संजाल मार्फत उक्त टेलिभिजन विरुद्घ समेत उत्रिएका थिए ।
‘सामाजिक सञ्जालको प्रयोग गरी कसैको चरित्रहत्या मानहानी, गाली बेइज्जती हुने किसिमबाट सम्प्रेषण हुने सामग्रीका विषयले अन्य कानून आकर्षित हुने र तत् विषयमा निज घिमिरेले प्रेस प्रतिनिधि प्रमाण पत्र नलिएको विषय सूचना तथा प्रसारण विभागमा पत्राचार भएकाले आवश्यक कारबाहीका लागि नेपाल प्रहरी, साइबर ब्युरोलाई जानकारी गराउने निर्णय भएको प्रेस काउन्शिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लद्घारा साइबर ब्युरोलाई प्रेषित पत्रमा उल्लेख छ ।
त्यसोत झापका पत्रकार घिमिरेमाथि उच्च आदालत इलाममा मानव बन्धक तथा अपहरणेको मुद्दा अहिलेपनि विचाराधिन छ । उनीमाथि एक जग्गाधनीलाई अपहरण गरी धम्काएर उनको जग्गा पास गराएको आरोप छ ।
रोचक कुरा त यस अघि नेपालवान् एचडीले नै घिमिर र प्रसाईको आर्थिक कारोबार नमिलेपछि घिमिरे कसरी दुर्गाप्रसाई विरुद्घ लागे भन्ने विषयमा सनसनीपूर्ण समाचार प्रकाशित गरेको थियो ।
प्रेस काउनिश्लिले घिमिरेलाई दोषी करार गर्दै साइब्बर ब्युरोलाई पत्राचार गरे पनि घिमिरेमाथि साइबर ब्युरोले के कस्तो कार्वाही गर्ने यो त्यो भने हेर्न अझै केही दिन कुर्नै पर्ने हुन्छ ।
उता घिमिरे भने आफुलाई कार्वाही गर्न काउन्शिलले साइबर ब्युरोमा पत्राचार गरेको थाहाँ पाएसँगै इलामतिर भागेको बताइन्छ ।
हेर्नुहोस् यसै सम्बन्धी अघिल्लो भिडियोhttps://www.youtube.com/watch?v=8EbyffTlmxQ समाचार