पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने पक्कापक्की

काठमाडौं । यही पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सभामुख चुन्ने तयारी गरिएको हो ।

प्रतिनिधिसभा पहिलो बैठक २५ पुसमा बस्दै छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ ।

सो समय आधार मान्दा १० पुससम्म सभामुख चयन गरिसक्नुपर्छ । १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्डले आगामी २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । त्यसलगत्तै सभामुख चयन प्रक्रिया अघि बढाउने तयारी सत्ता गठबन्धनको छ । संसद् सचिवालयका अनुसार सभामुख निर्वाचनका लागि कम्तीमा तीन दिन आवश्यक पर्छ ।

पहिलो दिन सभामुखका लागि सूचना जारी गर्ने, दोस्रो दिन सभामुखका लागि उम्मेदवारी दर्ता र तेस्रो दिन निर्वाचन हुनेछ । सोही अनुसार सचिवालयले तयारी गरेको हो ।यो खबर आजको राजधानी दैनिकमा छ ।

nepal one