पाँचथरमा घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु, २ जना घाइते

काठमाडौं – पाँचथरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भउको हो भने २ जना घाइते भएका छन् ।

मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी घाइते हुनेमा मेघबहादुर र विजेन्द्र गुरुङ रहेका छन् । आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित रु ५० लाख बराबरको धनमाल क्षति भएको हुनसक्ने अनुमान लगाइएको छ । आगलागी विद्युत् सर्ट भएर भएर हुन सक्ने अनुमान लगाइएको छ ।

nepal one