बसबाट ओर्लने क्रममा सोही बसले किच्दा ईन्द्रकलाको मृत्यु, बससहित चालक नियन्त्रणमा

बसबाट ओर्लने क्रममा सोही बसले किच्दा ईन्द्रकलाको मृत्यु, बससहित चालक नियन्त्रणमा

अर्घाखाँची, २० पुस । अर्घाखाँचीको शितगंगा नगरपालिका १४ हडाहामा बसले किचेर एक वद्धाको मृत्यु भएको छ । कपिलवस्तुबाट अर्घाखाँची गएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराई लडेकी थिइन् । लडेकी भट्टराईलाई सोही बसको पछाडीको चक्काले किचेको थियो ।

कपिलवस्तुको पिपरा स्थित सामुदयिक अस्पतालमा उपचारको क्रममा मंगलबार राति उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

nepal one