आईएमई पेबाट आईएमई लाइफ इन्सोरेन्सबिच सम्झौता, भुक्तानी गर्दा १ हजार क्यासब्याक प्राप्त गर्ने सकिने

काठमाडौं। आइएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता भएको छ । आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आईएमई पे वालेटबाट बिमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न गरि सम्झौता भएको हो ।

सम्झौता आदान प्रदान कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै आईएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोद मान सिंह बस्नेतले यो सम्झौतासँगै डिजिटल वालेटको माध्यमबाट बिमा प्रिमियम भुक्तानी गर्न ग्राहकहरुलाई प्रोत्साहन मिल्ने बताए । सम्झौता पश्च्यात आई। एम। ई लाइफ इन्स्योरेन्सका प्रयोगकर्ताहरूले नेपालभरि जहाँबाट पनि सजिलै आईएमई पेबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

प्रयोगकर्ताले भुक्तानी गरेपछि रू। १००० को बोनस तुरुन्तै प्राप्त गर्न सक्नुका प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछि जुनसुकै दिनमा प्रिमियम तिर्दा बोनस प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

Reporter