अर्घाखाँचीमा भालुको आक्रमणबाट ७९ वर्षका क्षेत्रीको मृत्यु

बुटवल । अर्घाखाँचीमा भालुको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । भालुको आक्रमणबाट शितगंगा नगरपालिका वडा नं। २ सितापुरका ७९ वर्षका रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको हो ।

घरबाट झिरा भन्ने स्थानमा जाँदै गर्दा शितगंगा– २ ओखारी भन्ने ठाउँमा भालुले आक्रमण गरेर बृद्धको मृत्यु भएको वडा अध्यक्ष रामबहादुर क्षेत्रीले जानकारी दिए ।

जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली पुग्दा भालु घटनास्थलमै रहेको र धेरै मानिसहरु देखेपछि भागेको वडाध्यक्ष क्षेत्रीले बताए ।

Reporter