अख्तियार आयोगले माग्यो टी २० क्रिकेट लिगका खेलाडीको श्रम स्वीकृति र अनुमति पत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवादित बनेको टी( २० क्रिकेट लिगका खेलाडीरुको श्रम स्वीकृति र अनुमति पत्र माग गरेको छ । लिगमा विदेशबाट श्रम स्वीकृति नै नलिई खेल खेलाएको उजुरी परेपछि आयोगले सम्बन्धित निकायसँग जानकारी मागेको हो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई पत्राचार गर्दै खेलाडीहरूको श्रम स्वीकृति लिएको कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको छ । लिगमा विभिन्न छ वटा टिमबाट खेलाडीहरूले अनुमति र श्रम स्वीकृति नलिएको उजुरी परेको थियो ।

नेपाल क्रिकेट संघले पुस ९ गतेबाट कीर्तिपुरस्थित अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा खेल सञ्चालन गर्दै आएको छ ।

Reporter