नवीकरण पत्र लैजान सम्बन्धन पाएका क्याम्पसहरूलाई त्रिभुवन विश्वविद्यालयको आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन पाएका क्याम्पसहरूलाई नवीकरण पत्र लैजान आग्रह गरेको छ । त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले सार्वजनिक सूचना जारी गरेर सम्बन्धन प्रदत्त क्याम्पसलाई नवीकरण भएको पत्र लैजान भनेको हो ।

प्रतिसंकाय २ हजार रूपैंया तिरेर नवीकरण पत्र लैजान भनेको छ । त्रिविबाट सम्बन्धन लिई हाल सञ्चालनमा रहेका क्याम्पसहरू नवीकरण भए वा नभएकोसम्बन्धी विस्तृत विवरण अनलाइनमा समेत हेर्न सकिने त्रिविको भनाइ छ ।

पहिल्यै नवीकरण स्वीकृत भई हालसम्म पनि पत्र नलगेका क्याम्पसहरूको विवरण पनि अनलाइनमै हेर्न सकिन्छ।

Reporter