पार्टीको कारबाहीबाट सचेत रहन रामकुमारी झाँक्रीलाई सांसद बास्कोटाको आग्रह

पार्टीको कारबाहीबाट सचेत रहन रामकुमारी झाँक्रीलाई सांसद बास्कोटाको आग्रह

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पार्टीबाट कारबाहीमा पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेर्दै पार्टीबाट कारबाहीमा पर्न सक्ने भएकाले सचेत रहन सुझाएका हुन् ।

उनले लेखेका छन् , ‘समाजवादीका पार्टी सदस्यले लम्बेचौंडे कुरै गर्नु पर्दैन । जसलाई एमालेमा रहन मन छ उसले खुरुखुरु सदस्यता नवीकरण गरे भइहाल्छ । अहिलेको परिप्रेक्ष त्यै हो पार्टी एकताको सजिलो विधि।’ ‘रामकुमारी झाँक्रीले पनि तानेरै ल्याउन चैँ नखोज्नु नि ! व्यर्थै कारबाहीमा परिएला है’ ।

समाजवादीका नेताहरूले एमालेमा आएर सदस्यता नवीकरण गर्न आग्रह समेत गरेका छन् ।  उनले अहिलेको परिप्रेक्षमा पार्टीको एकताको विधि नै आफ्नो सदस्यता नवीकरण गर्नु भएको सुझाएका हुन् ।

शनिवारदेखि बसेको स्थायी कमिटी र पोलिटब्यूरो बैठकमा झाँक्रीसहित केहीमाथि कारबाही गर्नुपर्ने आवाज उठेको थियो । निर्वाचनबाट नेकपा एस राष्ट्रिय पार्टी बन्न नसकेपछि झाँक्री एमालेप्रति नरम छिन् ।

Reporter