बुधबार ६४.८७ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ५० करोड भन्दाबढिको कारोबार

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से परिसूचक बढेको छ । बुधबार बजार ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको हो ।

बुधबार २५८ को कारोबार रकम ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँको भएको छ । बुधबार सबै उपसूचकमा हरियाली छायो । सबैभन्दा धेरै व्यापार उपसूचकका लगानीकर्ताले कमाए । यो उपसूचकमा ९।७४ प्रतिशतले बढेको छ । बुधबार ८ वटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

यसरी सर्किट लाग्नेमा साल्ट ट्रेडिङ, हिमालयन डिष्ट्रिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर र खप्तड लघुवित्त रहेका छन् । कालिका पावर, आरएसडीसी लघुवित्तको समेत सर्किट लेवलमा कारोबार भयो ।

Reporter