३ ग्राम ब्राउन सुगर सहित भारतबाट आएका मिश्र पक्राउ

78 Shares

झापा । अर्जुनधारा नगरपालिका–७ का २३ वर्षीय वामदेव मिश्रलाई  ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

मिश्र भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा झापा गाउँपालिका–५ को सिमानामा रहेको प्रहरी चौकी शरणामतीबाट खटिएको टोलीले चेकजाँच गर्दा
उनको खल्तीबाट साढे ३ ग्राम ब्राउन सुगर फेला पारेको हो ।

रंगेहात समातिएका मिश्रलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा राखेर थप अनुसन्धान गर्ने प्रहरी प्रवत्ताले बताएको छन् ।

सम्बन्धित समाचार

सबै