अर्थमन्त्रालयको अर्थ सचिवमा राया, राजस्वमा घिमिरे

अर्थमन्त्रालयको अर्थ सचिवमा राया, राजस्वमा घिमिरे

काठमाडौँ / आज बसेको मन्त्रिपरषद्को बैठकले अर्थमन्त्रालयका सचिवद्वय फेरिएको छ ।

बिहिबार सिंहदरबारमा बसेको मन्त्रिपरषद्को बैठकले अर्थ सचिवमा तोयम रायालाई सरुवा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका रायालाई अर्थ मन्त्रालयको सचिवमा ल्याएको हो ।

त्यस्तै, अर्थ मन्त्रालय अन्तर्गतको राजस्व सचिवमा भने रामप्रसाद घिमिरेलाई ल्याइएको छ । अर्थतन्त्र सुधारका लागि सरकारले अर्थ र राजश्व सचिवमा सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि अर्थसचिव कृष्णहरि पुष्कर थिए भने राजस्व सचिवको जिम्मेवारीमा रामेश्वर दंगाल थिए ।

Reporter