‘सुशासन र समृद्धिको सपना साकार पार्ने युवा विद्यार्थीको महत्वपूर्ण भूमिका रहन्छ’ : प्रधानमन्त्री

‘सुशासन र समृद्धिको सपना साकार पार्ने युवा विद्यार्थीको महत्वपूर्ण भूमिका रहन्छ’ : प्रधानमन्त्री

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रतिनिधिमण्डलसँगको भटमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले यस कार्यमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण रहने स्पष्ट पारेका छन् ।

सङ्गठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको विद्यार्थी टोली प्रधानमन्त्री दाहाललाई बधाई दिन बालुवाटार पुगेको थियो । त्यस अवसरमा विद्यार्थीहरुले उनलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना दिएका थिए ।

सो सङ्गठनले लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने सन्दर्भमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

Reporter