प्रधानमन्त्री प्रचण्डप्रति सकारात्मक छौं – माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति आफूहरु सकरात्मक रहेको बताएका छन् । शुक्रबार नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकपछि कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने या नदिने बारेमा निर्णय भइनसकेको बताए ।

उनले भने – ‘प्रचण्डप्रति सकारात्मक धारणा छ, सरकार कुन ढंगले अघि बढ्छ, सोहीअनुसार निर्णय लिन्छौँ। ‘ उनले विचार, नीति र विधि मिल्नेहरुसँग एकता गर्ने पनि बताए ।

nepal one