राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विश्वासको मत लिने दिनसम्म आवश्यक निर्णय गर्ने छौँ : माधवकुमार नेपाल

राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विश्वासको मत लिने दिनसम्म आवश्यक निर्णय गर्ने छौँ  : माधवकुमार नेपाल
काठमाडौँ / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समय आएपछि सरकारका विषयमा आवश्यक निर्णय गर्ने बताउनुभएको छ ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विश्वासको मत लिने दिनसम्म आवश्यक निर्णय गर्ने बताउनुभएको हो ।
उहाँले प्रधानमन्त्री प्रचण्डसँग पनि यस विषयमा कुराकानी भएको तर सरकारको कार्यक्रम कस्तो आउँछ भन्ने हेर्न बाँकी रहेको धारणा राख्नुभयो । त्यस्तै अध्यक्ष नेपालले अहिले बिचार मिल्नेसँग एकताका लागि पहल सुरु गरिएको भन्दै एमालेसँग भने अहिलेको अवस्थामा एकता हुन नसक्ने स्पष्ट पार्नुभयो ।
उहाँले पार्टी एकताका लागि जसपा लगायतका दलसँग छलफल भइरहेको जानकारी पनि दिनुभयो ।

Reporter