सचेतक लेखक भन्छन् : ‘कांग्रेसले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन’

सचेतक लेखक भन्छन् : ‘कांग्रेसले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन’

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् । संसद भवनमा आयोजित सर्वदलीय बैठक सकेर बाहिरिने क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै लेखकले आफूहरू अहिलेको आन्तरिक तयारीमा रहेको तर कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको बताएका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको होरु भन्ने सञ्चारकर्मीको प्रश्नमा लेखकले भने, ‘हामीले कसैलाई पनि प्रधानमन्त्री प्रस्ताव गरेका छैनौं, हामी पार्टीलाई नयाँ संसदमा एकतावद्ध र सशक्त रुपले कसरी अगाडि लिएर जाने भन्ने आन्तरिक तयारीमा छौं ।’

उनले वर्तमान सत्तासमीकरण भत्काउने खेलमा कांग्रेस नलागेको प्रष्टीकरण पनि दिए ।

Reporter