तातोपानी नाका पूर्ववत् सञ्चालनमा ल्याउन अर्थमन्त्री पौडेलसँग आग्रह

तातोपानी नाका पूर्ववत् सञ्चालनमा ल्याउन अर्थमन्त्री पौडेलसँग आग्रह

काठमाडौं । नेकपा ९एमाले० सिन्धुपाल्चोकले तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गरेएका छन् । । तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत्रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरेका हुन् ।

चीनसँगको ऐतिहासिक नाका जोडिएको सिन्धुपाल्चोकको तातापानी नाका २०७२ सालको भूकम्पपछि पटकपटक बन्द हुँदै आएको छ । शुक्रबार एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा अर्थमन्त्रालय पुग्नुभएका पोलिटब्यूरो सदस्य अरुण नेपाल, एमाले केन्द्रीय सदस्य सरेस नेपाल, जिल्ला अध्यक्ष कमल नेपाललगायतले अर्थमन्त्रीलाई तातोपानी नाका खुलाउन आग्रह गरेका थिए ।

Reporter