‘प्रचण्डजी प्रधानमन्त्री बनेकोमा कुनै दुखेसो छैन तर हाम्रो पार्टीलाई बेवास्ता गरे’ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पहिलेको गठबन्धन भंग गरेर नयाँ गठबन्धन बनाउने सन्दर्भमा प्रचण्डबाट बेवास्ता भोग्नुपरेको बताएका छन् । उनले नेकपा एसनिकट नेवा मोर्चाको भेलालाई शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्ड प्रधानमन्त्री भएकोमा आफूलाई कुनै गुनासो नभए बताउदै उनले नेकपा एसलाई बेवास्ता गरेकोमा चित्त दुखेको बताएका हुन् ।

अध्यक्ष नेपालले सत्ता समिकरणको खेलमा एमालेले कांग्रेसलाई समेत धोका दिएको बताएका छन् । नेपालले बालुवाटारबाट निस्किने बेलामा केपी ओलीसँग छलफल गरौं भनेकोमा आफूलाई बेवास्ता गरी एक्लै बालकोट गएकोमा आफ्नो आपत्ति रहेको बताए । उनले यसको गम्भीर समिक्षा हुनुपर्ने बताएका छन् ।

नेपालले भने प्रचण्डजी प्रधानमन्त्री बनेकोमा कुनै दुखेसो छैन । तर जुन हिसाबले हाम्रो पार्टीलाई बेवास्ता गरियो । त्यो हाम्रो निमित गम्भीर विषय बनेको छ । नेपालले सरकारमा जान नेकपा एस नहतारिएको समेत प्रष्ट पारे ।

Reporter