कैलालीमा स्पर्ष सपिङ सेन्टरमा आगलागी, ६० लाख बराबरको क्षति

धनगढी । कैलालीमा स्पर्ष सपिङ सेन्टरमा आगलागी भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका(१९ को पच्चीस घर बजारमा स्थानीय लक्ष्मण चौधरीले सञ्चालन गरेको स्पर्ष सपिङ सेन्टरमा आगलागी धएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले शनिबार राति २ बजे चौधरीले सञ्चालन गरेको कपडा पसलमा आगलागी हुँदा दुई वटा कोठा, पसलमा रहेका लत्ता, कपडासहितका सामान जलेर नष्ट भएको बताएका छन् । आगलागी हुँदा  लगभग ६० लाख भन्दा धेरैको क्षति भएको जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय बहुलियाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीको नेतृत्वको टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जोशीले बताए । आगलागीको कारण नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Reporter