नाइजेरियामा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु

नाइजेरियामा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु

काठमाडौं ।  उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । केब्बी राज्यको कोकोरबेस्से स्थानीय क्षेत्रस्थित नदीमा डुङ्गा पल्टिदा १४ जनाको मृत्यु र अन्य छ जना बेपत्ता भएका भएका हुन् ।

उक्त डुङ्गामा करिब १०० धान किसान सवार थिए जसमध्ये ८० जनालाई सकुशल उद्धार गरिएको छ ।

राष्ट्रपतिले विशेषगरी ग्रामीण क्षेत्रमा डुङ्गाको यातायातको उचित नियमनमा बढी ध्यान दिन सरोकारवालालाई आग्रह गरेका छन् ।

Reporter