सकियो कांग्रेस संसदीय दलको बैठक, पुनः २६ पुस बस्ने निर्णय

सकियो कांग्रेस संसदीय दलको बैठक, पुनः २६ पुस बस्ने निर्णय

काठमाडौं । आगामी २६ पुस बिहान पुनः बस्ने गरी कांग्रेस संसदीय दलको बैठक सकिएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा सबै तहका नेता कार्यकर्ता र आमजनतालाई धन्यवाद दिएको छ ।

कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकल निम्न बमोजिमका अन्य प्रस्तावमा माथि छलफल भई निर्णय गरेको छ । कांग्रेसले संसदमा प्रधानमन्त्रीले लिने विश्वासको मतबारे पुस २६ गते नै धारणा बनाउने निर्णय गरेको छ ।

पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिँदैछन् । शनिवारको बैठकमा पुस २५ गतेदेखि शुरु हुने संसद अधिवेशनका पार्टीको भूमिकाका सन्दर्भमा छलफल भएको थियो ।

Reporter