सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक संघीय सरकारले अगाडि बढाउने

सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक संघीय सरकारले अगाडि बढाउने

 जुम्ला / सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने भएको छ । अघिल्लो कर्णाली प्रदेश सरकारले खरेज गरेकाे सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक संघीय सरकारले अगाडि बढाउने भएको हो । सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अगाडि बढाउन तोक लगाएको  सचिवालयले जनाएको छ ।

यसअघि कर्णाली प्रदेशसभामा दर्ता गरे पनि पारित नभई हटेकाे विधेयक संघीय संरकारले अगाडि बढाएको छ  । शुक्रवार प्रधानमन्त्री प्रचण्डले तोक लगाएपछि पर्यटन मन्त्रालयले अगाडि बढाएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ ।

सिंजा विधेयक दर्ता भएर पर्यटन मन्त्रालयमा गईसकेको र अब अन्य प्रक्रिया सुरू हुने छ । प्रदेशसभामा जुम्लाबाट प्रतिनिधित्व गर्ने पूर्वसांसद नरेश भण्डारीले कर्णाली सभामा गैरसरकारी विधेयकको रुपमा दर्ता गराएका थिए । कर्णाली प्रदेशसभामा पारित हुन नसकेपछि पूर्व सांसद भण्डारीले नयाँ सरकारसँग पहल गरेर अगाडि बढाएका हुन् ।

भण्डारीका अनुसार कर्णाली प्रदेश सभामा पारितिको अन्तिम संघारमा पुगेर पनि सामाजिक विकास समितिमा तुहाइएको सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकले पुनर्जीवन प्राप्त गर्ने सुखद् परिस्थिति सिर्जना भएको छ ।

Reporter