गायक तथा संगीतकार तुला पर्वतको अर्को सशक्त प्रस्तुती बजारमा, तुलानको निर्देशनमा बाहिरियो तिम्रो मेरो मायाको

गायक तथा संगीतकार तुला पर्वतको अर्को सशक्त प्रस्तुती बजारमा, तुलानको निर्देशनमा बाहिरियो तिम्रो मेरो मायाको

काठमाडौँ । तिम्रो मेरो मायाको बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायिका रजनी सुन्दासको समधुर स्वरमा रहेको गीतका शब्द इन्दिरा चोङ्बाङका हुन् । षडज लिम्बूको संगीत रहेको गीतको भिडियोमा कुशल गुरुङ् र नयन गुरुङ्को अभिनय देख्न सकिन्छ ।

भिडियोले एक प्रेमील जोडीकोि रोमाञ्चक प्रेम कहानीलार्य देखाएको छ । आँफुलाई भन्दा बढी माया गर्ने मायालुले आफ्नो प्रेमीको लागि सर्मपण गरेको मायाको भावलाई भिडियोमा कलात्मक शैलीमा निर्देशक तुला पर्बतले देखाएका छन् ।

मकाउका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियो गायक तथा संगीतका समेत रहेका निर्देशक तुलाकै सम्पादन रहेको छ । जसमा छायांकन पनि उनले नै गरेका हुन् ।

साधना म्यूजिक इज लाइफ नाकम च्यानलबाट सार्वजनिक गरिउको भिडियोको प्रमुख उत्पादक कुशल गुरुङ ह्न् भने उत्पादक साधना परिवार हो । हेर्नुस् प्रेम र रोमान्सले भरिएको भिडियो

nepal one