माधव र उपेन्द्रबीच प्रधानमन्त्रीको भेटवार्ता, विश्वासको मत दिन प्रचण्डको अनुरोध

माधव र उपेन्द्रबीच प्रधानमन्त्रीको भेटवार्ता, विश्वासको मत दिन प्रचण्डको अनुरोध

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिच नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवको भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा तीन नेताबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय छ । यसै सन्दर्भमा भेटवार्ता भएको छ । दुबै नेतासँग प्रचण्डले सरकारमा सहभागी हुन र विश्वासको मत दिन अनुरोध गरेको उनको सचिवालयले जनाएको छ ।

उपेन्द्र नेतृत्वको जसपाले सरकारलाई विश्वासको मत दिने बारे औपचारिक निर्णय गर्न आज बैठक डाकेको छ । सत्ता साझेदार दलहरूको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि सरकारलाई विश्वासको मत दिने तयारीमा जसपा छ ।

त्यस्तै नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि सरकारलाई विश्वासको मत दिने सम्भावना छ । ‘प्रचण्ड’ ले विश्वासको मत लिनुअघि समर्थन गरेका पार्टीहरूका नेताहरूसँग भेटघाट बाक्लो बनाएका छन् ।

Reporter