कालिञ्चोक दर्शन लिमिटेडले आइपिओ निष्कासन गर्ने, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

45 Shares

दोलखा । कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले माघ ३ गतेदेखि १० करोड ८० लाख रूपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका कामदारका लागि आइपिओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणको लागि जारी गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरिसकेको छ ।

बाँकी रहेको सेयरमध्ये ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । सो मध्ये पनि २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याएको र बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपिओ खरिदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ।

उक्त आइपिओ छिटोमा माघ ६ गतेसम्म बिक्री खुला रहनेछ भने छिटो अवधिमा मागबमोजिम आवेदन नपरेमा ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको जनाउँछ।

 

सम्बन्धित समाचार

सबै